PahiloPost

May 15, 2026 | १ जेठ २०८३

बुटवलका जनप्रतिनिधिलाई अस्पतालको शय्या मिलेन, एम्बुलेन्समै भयो मृत्यु



पहिलोपोस्ट

बुटवलका जनप्रतिनिधिलाई अस्पतालको शय्या मिलेन, एम्बुलेन्समै भयो मृत्यु

बुटवल : बुटवल उपमहानगरपालिका- ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै गयराति मृत्यु भएको छ।

४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भए पनि बेड अभावका कारण होम आइसोलेसनमा थिए।

‘तीन दिनअघि शय्या खोज्न आफैं अस्पतालमा गए पनि नपाएपछि घरमै अक्सिजन लिएर आउनुभएको थियो। हिजो समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आईसीयू,भेन्टिलेटर नभएपछि भैरहवामा अस्पताल खोज्दै गर्दा एम्बुलेन्समै निधन भयो,' सोही वडाका युवा नेता विकासजंग बस्नेतले भने ।

वडा अध्यक्ष कमलप्रताप थापाले समयमै उपचार नपाएका कारण नविनको मृत्यु भएको बताए। नविनका श्रीमती र १ छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell