PahiloPost

May 15, 2026 | १ जेठ २०८३

बाँकेमा कोरोनाबाट थप १० संक्रमितको मृत्यु, २७ वर्षीया महिलादेखि ६१ वर्षीय पुरुषसम्मले गुमाए ज्यान



पहिलोपोस्ट

बाँकेमा कोरोनाबाट थप १० संक्रमितको मृत्यु, २७ वर्षीया महिलादेखि ६१ वर्षीय पुरुषसम्मले गुमाए ज्यान

बुटवल : बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। 

भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज १० का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको बिहीवार साँझ ५ बजे मृत्यु भएको हो। त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा  उपचाररत कोहलपुर  १० की २७ वर्षीया महिलाको बिहीवार साँझ ५ बजेर ४० मिनेट र सोही अस्पतालमा नेपालगन्ज ६ का ५४ वर्षीय पुरुषको बिहीवार साँझ ६ बजेर ५० मिनेटमा मृत्यु भएको छ। त्यस्तै, भेरी अस्पतालमा बारबर्दिया ६ बर्दियाका ४७ वर्षीय पुरुषको गएराती  ९ बजे मृत्यु भएको छ।

भेरी अस्पतालमै टीकापुर २ कैलालीकी ४८ वर्षीया महिलाको गएराती साढे ११ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए।

फोकल पर्सन वलीका अनुसार नेपालगन्ज मेडिकल कलेजमा नेपालगन्ज ६ का ३४ वर्षीय पुरुषको शुक्रवार बिहान साढे १ बजे मृत्यु भएको छ। नेपालगन्ज १८ की ५६ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा बिहान २ बजे मृत्यु भएको छ भने  नेपालगन्ज ३ का ५२  वर्षीय

पुरुषको बिहान ३ बजे भेरी अस्पतालमा मृत्यु भएको छ।

त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा नेपालगन्ज १२ की ६०  वर्षीया महिलाको शुक्रवार बिहान साढे ३ बजे र सोही अस्पतालमा शुक्रवार बिहान ६ बजे नेपालगन्ज १० की ५४ वर्षीया महिलाको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए। 

यीसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको  संख्या १६९ र बाहिरी जिल्लाको मृत्यु संख्या १३० पुगेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell