PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

'सहमति'को प्रचार रोक्न नेता नेपालको फेसबुक स्टाटस : अहिलेसम्म कुनै सहमति भएको छैन



पहिलोपोस्ट

'सहमति'को प्रचार रोक्न नेता नेपालको फेसबुक स्टाटस : अहिलेसम्म कुनै सहमति भएको छैन

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको प्रस्ट्याएका छन्। आज बिहान फेसबुकमार्फत् उनले वार्ता र लचकता दुवै अपनाउने तर अहिलेसम्म कुने सहमति नभएको जनाएका हुन्।

'हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो,' नेता नेपालले भनेका छन्, 'यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।' 

नेता नेपालले २०७७ फागुन २८ गते र त्यसपछि बसेका नेकपा एमालेको बैठकहरुलाई 'कथित' भन्दै त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्ने जनाएका छन्।  साथै, २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन रहेको प्रस्ट्याएका छन्। 

'२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो,' उनले लेखेका छन्।

यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन पनि उनले आग्रह गरेका छन्। बारम्बार नेता नेपाल र ओलीबिच सहमतिको प्रकृया अगाडि बढेको प्रचार हुन थालेपछि नेता नेपालले फेसबुकबाट प्रस्टिकरण दिएका हुन्।

हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण...

Posted by माधव कुमार नेपाल - Madhav Kumar Nepal on Thursday, May 6, 2021

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell