PahiloPost

May 15, 2024 | २ जेठ २०८१

६१ जिल्लामा निषेधाज्ञा



पहिलोपोस्ट

६१ जिल्लामा निषेधाज्ञा

काठमाडौं : देशभित्र कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा गर्ने जिल्लाहरु थपिएका छन्।

शुक्रवार बिहान १० बजेसम्म ६१ वटा जिल्लामा निषेधाज्ञा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ। बिहिवार १० बजेसम्म निषेधाज्ञा गर्ने जिल्लाको सङख्या ५६ वटा जिल्लामा निषेधाज्ञा गरिएको थियो। रौतहटमा आजदेखि निषेधाज्ञा लगाइएको छ।

कोरोना संक्रमण फैलिँदै गएपछि अहिले देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ। वैशाख १६ गतेपछि धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ। काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा निषेधाज्ञा जारी रहेको छ।

त्यस्तै झापा, इलाम, मोरङ, सुनसरी, बाँके, सुर्खेत,कैलाली, पर्सा, पाल्पा, रुपन्देही, बाग्लुङ्,  सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, गुल्मी, प्युठान, गोरखा, बाजुरा, कालिकोट, रोल्पा लगायत जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ।

कुनै जिल्लामा आंशिक निषेधाज्ञा छ। तर अधिकासं जिल्लाहरुमा पूर्ण निषेधाज्ञा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell