PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोभिड नियन्त्रणका लागि भाटभटेनीले इटहरी उमनपालाई दियो ५ लाख



पहिलोपोस्ट

कोभिड नियन्त्रणका लागि भाटभटेनीले इटहरी उमनपालाई दियो ५ लाख

विराटनगर : भाटभटेनी सुपर मार्केटले सुनसरीको इटहरी उपमहानगरपालिकालाई कोभिड सङ्क्रमणविरूद्ध लड्न सहयोग गरेको छ।

इटहरीमा भाटभटेनी सुपर मार्केटका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको छ।

भाटभटेनीका तर्फबाट कन्ट्री म्यानेजर विनोद भट्टराईले उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी तथा उपमेयर लक्ष्मी गौतमलाई ५ लाख १ सय १ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

प्रमुख चौधरीले भाटभटेनीबाट प्राप्त रकम उपमहानगरको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell