PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

गृहमन्त्री बादलको उम्मेदवारी दर्ता, प्रस्तावकमा मुख्यमन्त्री पौडेल



पहिलोपोस्ट

गृहमन्त्री बादलको उम्मेदवारी दर्ता, प्रस्तावकमा मुख्यमन्त्री पौडेल

हेटौंडा : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्।

केहीबेर अघि वाग्मती प्रदेश प्रहरी कार्यालयमा हेलिकप्टर मार्फत हेटौंडा आइपुगेका बादलले आफ्नो उम्मेदवारी दर्ता गराएका हन्। गृहमन्त्री बादलको उम्मेदवारीमा प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन्। यसअघि एमाले दल बाहेक अन्य दलका साझा उम्मेदवार डा. खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell