PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

मेरो जित पक्का छ, एमालेको सबै भोट मलाई आउँछः गृहमन्त्री थापा



पहिलोपोस्ट

मेरो जित पक्का छ, एमालेको सबै भोट मलाई आउँछः गृहमन्त्री थापा

हेटौंडाः नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भइसकेको दावी गरेका छन्।

बागमती प्रदेशको राजधानी हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दिएपछि थापाले आफ्नो जित पक्का भइसकेको बताएका हुन्।

आगामी जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आज हेटौँडा आएर उम्मेद्दवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बादलले एमालेको सबै भोट आफूले प्राप्त गर्ने बताए।

एमालेको एक समुहले स्वतन्त्र उम्मेदवारलाई मत दिने कुरा सुनिएको छ नि? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै बादलले भने,'अहिले प्रदेशको ९ हजार ६ सय ६४ मत मध्ये हाम्रो पार्टीको ५ हजार १ सय ३० मत छ, यो मतले नै के स्पष्ट गरेको छ भने यो निर्वाचनमा मेरो जित निश्चित छ, पार्टीभित्रबाट स्वतन्त्रलाई मत जान्छ भन्ने हल्ला मात्र हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell