PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

मिस युनिभर्सका लागि अमेरिका पुगिन् अंशिका शर्मा, पोशाकमार्फत् झल्काउँदै छिन् सगरमाथा



पहिलोपोस्ट

मिस युनिभर्सका लागि अमेरिका पुगिन् अंशिका शर्मा, पोशाकमार्फत् झल्काउँदै छिन् सगरमाथा

काठमाडौं : 'मिस युनिभर्स नेपाल २०२०' अंशिका शर्मा मिस युनिभर्सको ६९ औँ संस्करणमा सहभागी हुन् अमेरिका पुगेकी छिन्। आउँदो मे १६ मा फ्लोरिडामा हुने प्रतियोगितामा शर्माले नेपालको प्रतिनिधित्व गर्दैछिन्।

मिस युनिभर्समा ७४ देशका सुन्दरीहरू सहभागी हुँदैछन्। जसमध्ये २१ जना फिनालेमा पुग्नेछन् र शीर्ष उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

अंशिकाले आफ्नो सौन्दर्य यात्राबारे आफू निकै उत्साहित भएको बताइन्।  प्रतियोगिताकै लागि ४ महिना तालिम लिइरहेको पनि खुलाएकी छिन्। 'अद्भुत राष्ट्रिय पोशाक अन्तर्गत सर्वोच्च शिखर सगरमाथा झल्किने प्रस्तुति दिने तयारीमा छु,' उनले भनिन्।  

टप २१ मा छानिनका लागि भोटको आवश्यकता पर्ने भएकाले सहयोग आह्वान समेत गरेकी छिन्।

मिस युनिभर्सको फ्रेन्चाइज नेपालमा नग्मा श्रेष्ठले भित्र्याएकी हुन्। उनले सन् २०१७ मा सोही प्रतियोगितामा पहिलोपटक नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

'म आफै पनि मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गरिसकेकी हुनाले मैले त्यहाँ प्रतियोगीलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरुमा ध्यान दिएकी छु। हेयर, वाक, स्पिच, स्टाइललगायतका सम्पूर्ण ट्रेनिङ दिएर हामीले तयारी गरेका छौं,' नग्माले भनिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell