PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

राष्ट्रियसभा उपनिर्वाचनमा तीनजना उम्मेदवार, भुटनदेवी माविमा जेठ ६ गते हुनेछ मतदान



निशा गुरुङ

राष्ट्रियसभा उपनिर्वाचनमा तीनजना उम्मेदवार, भुटनदेवी माविमा जेठ ६ गते हुनेछ मतदान

हेटौंडा : वाग्मती प्रदेशबाट रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेका तर्फबाट गृहमन्त्री राम बहादुर थापा 'बादल', नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टी उपेनद्र समूह गठबन्धनका तर्फबाट डा.खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। हेटौंडा –५ स्थित निर्वाचन आयोग वाग्मती प्रदेश कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन्।

उपनिर्वाचनमा बादलको उम्मेदवारीको प्रस्तावकमा वाग्मती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन्। यस्तै देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन्। तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाईँ र समर्थकमा प्रदेश सांसद सिर्जना सैंजु रहेका छन्।

२०७४ सालको निर्वाचनमा रामबहादुर थापा ‘बादल’ माओवादी केन्द्रका तर्फबाट यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। माओवादी केन्द्रबाट निर्वाचित बादल एमाले प्रवेश गरेपछि उनलाई पार्टीले कारवाही स्वरुप सांसद पदबाट हटाएपछि उक्त स्थान रिक्त भएकोले उपचुनाव हुन लागेको हो।

देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षको साझा उम्मेदवार हन्। उनले यसअघि वाग्मती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष भएर काम गरिसकेका छन्। तामाङ भने नेमकिपाका केन्द्रीय सदस्य हुन्।

निर्वाचन हेटौंडामै

वाग्मती प्रदेशको राजधानी हेटौंडामा हुने निर्वाचन कार्यक्रमअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। यसअघि ललितपुरमा राष्ट्रियसभा निर्वाचनको लागि मतदान भएको थियो।  

उम्मेदवारी दर्ता कार्यक्रमको अघिल्लो दिन बिहीबार निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा सहभागी हुने राजनीतिक दलका प्रतिनिधिहरुसँग निर्वाचन कार्यक्रमबारे अन्तरक्रिया गरेको थियो। राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिको सहभागितामा अन्तरक्रिया भएको हो।

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा वाग्मती प्रदेश सभाका ११० जना सदस्य र वाग्मती प्रदेशका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख थरि २ ३८ जनाले मतदान गर्नेछन।

प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार रहेको छ भने नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको १ मत बराबर १८ मतभार रहेको छ।

वाग्मती प्रदेशको ११० मतसंख्या बराबर ५ हजार २८० मतभार र स्थानीय तहको प्रमुख, उपप्रमुख २३८ मतसंख्याको ४ हजार २८४ मतभार रहेको छ। प्रदेशमा ३४८ जनाले मतदान गर्नेछन् जसको मतभार ९ हजार ५६४ रहनेछ।

प्रदेश सभा र स्थानीय तहमा एमालेको बहुमत भएको हुँद रामबहादुर थापाको सहज जित हुने निश्चित हुनुपर्ने हो। तर, एमालेमा माधवकुमार नेपाल पक्षका प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले 'फ्लोर क्रम' गर्ने सम्भावना रहेकोले बादलको जित अझै सुनिश्चित हुनेमा शंका रहेको नेताहरु बताउँछन्।

निर्वाचन आयोगले हेटौंडा उपमहानगरपालिका वडा नं ४ स्थित भुटनदेवी माध्यामिक विद्यालयलाई मतदान स्थल तोकेको छ। आगामी जेठ ६ गते भुटनदेवी परिसरमा हुने निर्वाचनको लागि विद्यालयमा दुईवछा मतदान केन्द्र तयार हुने५। मतदान स्थलमा प्रदेश सभा सदस्य ११० जनाका लागि केन्द्र क र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र ख गरी छुट्टाछुट्टै मतदानकेन्द्र तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell