PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

कोरोना नियन्त्रण गर्न कर्णालीमा निर्देशक समिति गठन, व्यवस्थापनको कामलाई प्रदेशभर प्रभावकारी बनाइने



पहिलोपोस्ट

कोरोना नियन्त्रण गर्न कर्णालीमा निर्देशक समिति गठन, व्यवस्थापनको कामलाई प्रदेशभर प्रभावकारी बनाइने

सुर्खेत : नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना भाइरस संक्रमण दर तीव्र रुपमा बढिरहेकाले कर्णाली प्रदेश सरकारले नियन्त्रण/व्यवस्थापन निर्देशक समिति गठन गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा आठ सदस्यीय निर्देशन समिति गठन गरेको प्रवक्ता विमला केसीले जानकारी दिइन।

सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्री, सामाजिक विकास मन्त्री, जिल्ला सदरमुकाम रहेका पालिका प्रमुख/अध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, प्रदेश प्रहरी प्रमुख, प्रदेशका दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी छन् भने सदय-सचिवमा सामाजिक विकास मन्त्रालयका सचिव रहेका छन्।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको कार्यलाई प्रदेशभर प्रभावकारी बनाउन निर्देशन, समन्वय तथा एकिकृत व्यवस्थापन गर्ने उद्देश्यले कोभिड रोग नियन्त्रण/व्यवस्थापन निर्देशक समिति गठन गरिएको बताइएको छ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले सोही प्रकृतिको कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनको कार्यलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा प्रभावकारी बनाउन पनि समिति गठन गरेको छ।

सामाजिक विकास मन्त्रालय सचिवको संयोजकत्वमा ६ सदस्यीय नियन्त्रण/व्यवस्थापन समिति गठन गरिएको हो।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्थात (पीसीसीएमसी) सदस्य-सचिव, वीरेन्द्रनगर नगरका नगरप्रमुख र प्रदेश अस्पतालका निर्देशक सदस्य-सचिव रहने गरी समिति गनठ गरिएको छ।

पछिल्लो समय कर्णालीका हिमाली तथा पहाडी जिल्ला हुम्ला, डोल्पा, मुगु जस्ता जिल्लाहरुमा समेत संक्रमण तीव्र गतिमा फैलिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell