PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

निषेधाज्ञाको चौँथो दिन सुनसान देखियो जनकपुरधाम

निषेधाज्ञाको चौँथो दिन सुनसान देखियो जनकपुरधाम

पहिलोपोस्ट /पहिलोपोस्ट


जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको चौँथो दिन आज प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम  सुनसान देखिएको छ। कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि स्थानीय प्रशासनले मंगलवारदेखि लागू हुने गरी बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञाको आदेशपछि जनकपुरधाममा सवारी साधन तथा मानिसको आवागमन समेत ठप्प भएको छ। त्यस्तै, जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर लगायतका प्रसिद्ध मन्दिरहरु समेत सुनसान देखिएको छ।

जानकी मन्दिरको मुख्यद्वार नै सर्वसाधारणका लागि बन्द गरिएको छ भने अन्य मन्दिरहरुमा श्रद्धालु भक्तजनहरु अन्य दिन जस्तै पूजा अर्चनाका लागि समेत पुगेका छैनन्। पछिल्लो केही दिनयता जनकपुरधामसहित यस क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell