PahiloPost

May 15, 2026 | १ जेठ २०८३

गण्डकीमा अहिलेसम्मकै उच्च दरमा संक्रमित थपिए, ७ जनाको मृत्यु



पहिलोपोस्ट

गण्डकीमा अहिलेसम्मकै उच्च दरमा संक्रमित थपिए, ७ जनाको मृत्यु

पोखरा : गण्डकी प्रदेशमा शुक्रवार एकै दिन १ हजार ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार यो हालसम्मकै उच्च संक्रमण दर हो।

आज थपिएका संक्रमितमध्ये ५० प्रतिशत बढी कास्की जिल्लाका रहेका छन्। कास्कीमा आज मात्रै ८ सय ५६ जनमा संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ७ सय २९ पुगेको छ।

कास्कीपछि पर्वतमा एकैपटक १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, स्याङ्जामा ५९, नवलपरासी पूर्वमा ५४, बागलुङमा ५३, तनहुँमा ६१, लमजुङमा २८, गोरखामा ६०, म्यादीमा ५६ र मुस्ताङमा २ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२ हजार २ सय ५६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय २० रहेको छ।

दाङ र रुपन्देहीका सहित गण्डकीमा थप ७ संक्रमितको मृत्यु

आज गण्डकीमा थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ। निर्देशनालयले दिएको जानकारी अनुसार पर्वतका २, कास्की, म्याग्दी र तनहुँका १/१ गरी प्रदेशभित्रका ५ संक्रमितको मृत्यु भएको छ। यस्तै, पोखरामा दाङ र रुपन्देहीका १/१ कोरोना संक्रमित पनि मृत्यु भएको छ। गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell