PahiloPost

May 15, 2026 | १ जेठ २०८३

कोरोना संक्रमितको उपचारको लागि अनुष्का र विराटको २ करोड सहयोग



पहिलोपोस्ट

कोरोना संक्रमितको उपचारको लागि अनुष्का र विराटको २ करोड सहयोग

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका श्रीमान क्रिकेटर विराट कोहलीले कोरोना संक्रमितलाई सहयोग गर्ने भएका छन्।

अनुष्का र विराटले क्राउड फन्डिङको शुरुवात गरेका छन्। साथै आफूहरुले यसमा २ करोड भारु सहयोग गरेको अनुष्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्।

यो अभियानको नाम ‘इन दिस टुगेदर’ राखिएको छ। जसको माध्यमबाट उनीहरुले ७ करोड भारु जुटाउने छन्। जसबाट कोरोनासंक्रमित बिरामीको उपचारमा सहयोग गरिनेछ।

यो फन्ड रेजिङ अभियानलाई क्राउड फन्डिङ प्लेटफर्म किट्टोमार्फत् सञ्चालन गरिएको छ। जम्मा भएको रकमलाई एसीटी ग्रान्ट्समा दिइने छ। जसको प्रयोग आवश्यकतामा परेकालाई अक्सिजन, स्वास्थ्य उपकरण र दक्ष जनशक्ति र भ्याक्सिनेसन फ्यासिलिटी पुर्‍याउनका लागि गरिनेछ। यो अभियान उनीहरुले सात दिनसम्म चलाउनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell