हेटौँडा : हेटौँडा अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा-७ का ४० वर्षीय पुरुष र हेटौँडा-४ की ३७ वर्षीया महिला रहेका छन्।
योसँगै पछिल्लो २४ घण्टामा हेटौँडा अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि गएराति हेटौँडा अस्पतालमा रौतहटका एक संक्रमितको मृत्यु भएको थियो।
