PahiloPost

May 15, 2026 | १ जेठ २०८३

शुक्रबार एक हजार ८१६ थान अक्सिजन सिलिण्डर संकलित



पहिलोपोस्ट

शुक्रबार एक हजार ८१६ थान अक्सिजन सिलिण्डर संकलित
फाइल फोटो

काठमाडौंः कोरोना संक्रमण तीव्र गतिमा बढ्दै जाँदा देशभर अक्सिजनको माग बढिरहेको छ। साथै, सिलिण्डर संकलनको कार्य पनि हाल भइरहेको छ। शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका एक हजार ८१६ थान अक्सिजन सिलिण्डर जम्मा गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रहरीको सक्रियता सिलिण्डर खोज्ने काम भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

‘विभिन्ना जिल्लाहरुबाट प्राप्त विवरण अनुसार आज मात्रै १८१६ थान अक्सिजन सिलिण्डर संकलन हुन आएको छ।’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले कसैसँग सिलिण्डर भएमा उपलब्ध गराउन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell