PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

टिकटक बनाउने क्रममा भिरबाट लडेर धरानका एक युवाको मृत्यु



पहिलोपोस्ट

टिकटक बनाउने क्रममा भिरबाट लडेर धरानका एक युवाको मृत्यु

विराटनगर : उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भिरमाथि टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान-५ का १८ वर्षीय सुभाष परियार रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार धरानबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो शुक्रवार बिहान पौने १० बजे हर्देनी भिरमाथि सडकमा बिग्रिएको थियो। सोही सुमोमा सवार रहेका परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाइते भएका थिए।

उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। हाल घटनास्थलमा प्रहरी टोलि खटिएर अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell