PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज-५ कुमालटोलकी ७९ वर्षीय महिला रहेकी छन्।

उनको शुक्रवार बिहान ११ बजे नेशनल मेडिकल कलेजको बाबा होटलमा सञ्चालित अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

बैशाख १९ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएर २० गते उनी अस्पताल भर्ना भएकी थिइन्। श्वासप्रश्वासमा अचानक गडबडी आएपछि उनको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell