PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

हेटौँडामा नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु



पहिलोपोस्ट

हेटौँडामा नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु

हेटौँडा : हेटौँडामा नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा-१७ दियालो दमारकी ९० वर्षीया कान्छीमाया गुरूङ रहेकी छिन्।

शुक्रवार दिउँसो ४ बजे घरको आँगनमा बसिरहेको बेला गुरूङलाई आफ्नै नाति २२ वर्षीय आकाश गुरूङले बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ। बन्चरो प्रहारबाट घाइते गुरूङको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

बन्चरो प्रहार गर्ने आकाशलाई पक्राउ गरिएको प्रवक्ता रिमालले बताए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell