PahiloPost

May 15, 2026 | १ जेठ २०८३

पोखरा थण्डर्ससँग पराजय ब्यहोर्दै एफसी चितवन प्लेअफको होडबाट बाहिरियो



पहिलोपोस्ट

पोखरा थण्डर्ससँग पराजय ब्यहोर्दै एफसी चितवन प्लेअफको होडबाट बाहिरियो

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा पोखरा थण्डर्सले एफसी चितवनमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले चितवनमाथि २-१ गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा अग्रता भने चितवनले बनाएको थियो। खेलको ७२ औं मिनेटमा शिशिर लेखीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए। यद्यपि ८५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। चितवनका गोलकिपर विशाल सुनारले ८२ औं मिनेटमा रेड कार्ड ब्यहोरेपछि अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो। पोखराको जितमा निर्णायक गोल भने राफेल रिमगागोले अतिरिक्त समयमा गरे।

जितसँगै ८ अंक जोडेको पोखरा प्लेअफको होडमा कायमै छ भने चितवन प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। ४ खेलमा २ हार र दुई बराबरी ब्यहोरेको चितवनको २ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell