PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा १३ जना कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा १३ जना कोरोना संक्रमितको मृत्यु

कैलाली : पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा बढी कैलालीमा ८ जनाको मृत्यु भएको छ।

त्यस्तै, कञ्चनपुरका ३, डोटी र बैतडीका १/१ गरी १३ संक्रमितको मृत्यु भएको हो। योसँगै सुदूरपश्चिममा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ७ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell