PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

कोरोना संक्रमितको उपचारमा खटिएका भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात



पहिलोपोस्ट

कोरोना संक्रमितको उपचारमा खटिएका भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात

काठमाडौंः कोरोना संक्रमितको उपचारमा खटिएका भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। कोभिड वार्डमा उपचाररत विरामीको उचित हेरचाह नगरेको भन्दै अपरिचित व्यक्तिहरुले हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीमाथि हातपात गरेको अस्पतालले जनाएको छ।

अस्पतालका अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव डा. प्रकाश थापाले विज्ञप्ति जारी गर्दै दोषी व्यक्तिमाथि कारबाहीको माग समेत गरेका छन्।

जटिल अवस्थामा उपचारमा संलग्न चिकित्सकको मनोबल बढाउन सहयोग गर्नुपर्नेमा त्यस विपरीत चिकित्सकमाथि विभिन्न बहानामा दूर्व्यवहार भइरहेको भन्दै सुरक्षा व्यवस्थाका लागि पनि अस्पतालले अपिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell