PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

२२ संघीय सांसदसहित ११७ जनामा कोरोना पुष्टि, दुई सयभन्दा बढीको रिपोर्ट आउन बाँकी 



पहिलोपोस्ट

२२ संघीय सांसदसहित ११७ जनामा कोरोना पुष्टि, दुई सयभन्दा बढीको रिपोर्ट आउन बाँकी 
फाइल फोटो

काठमाडौंः प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि गरिएको कोरोना परीक्षणमा हालसम्म १४ जना सांसदलाई संक्रमण पुष्टि भएको छ। त्यसअघि समेत ८ जना सांसदमा संक्रमण पुष्टि भइसकेको थियो। शुक्रबार स्वाब संकलन गरेका समेत २३ सांसद समेत करिब अढाइ सयको अझै रिपोर्ट आउन बाँकी छ। 

बुधबार, बिहीबार र शुक्रबार गरिएको स्वाब संकलनमा हालसम्म एक हजार ५५ जनाको रिपोर्ट आइसकेको छ। जसमा ११७ जनामा संक्रमण पुष्टि भएको छ।  

संक्रमण पुष्टि भएकामा १९ जना संघीय संसद् सचिवालयका कर्मचारी छन्। यस्तै, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका चार कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ। ६ जना मर्यादापालकमा पनि संक्रमण देखिएको छ। 

अन्य संक्रमितहरु सांसद तथा मन्त्रीका स्वकीय सचिव, संसदको सुरक्षामा खटिएका सुरक्षाकर्मी र सञ्चारकर्मी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell