PahiloPost

May 15, 2026 | १ जेठ २०८३

डब्लुएचओले चिनियाँ खोप ‘सिनोफार्म’लाई आपतकालीन प्रयोगको दियो स्वीकृति



पहिलोपोस्ट

डब्लुएचओले चिनियाँ खोप ‘सिनोफार्म’लाई आपतकालीन प्रयोगको दियो स्वीकृति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘सिनोफार्म’लाई आपत्कालिन प्रयोगको लागि स्वीकृति दिएको छ। डब्लुएचओका महानिर्देशक तेद्रोस अधानोमले शुक्रवार सो जानकारी दिएका हुन्

डब्लुएचओबाट आपत्कालिन प्रयोगको लागि स्वीकृति पाउने यो छैटौँ खोप भएको छ।

‘आज दिउँसो डब्लुएचओले बेइजिङको सिनोफार्म कोभिड-१९ भ्याक्सिनलाई आपत्कालिन प्रयोगको लागि स्वीकृति दिएको छ। डब्लुएचओबाट सुरक्षा, प्रभावकारिता र गुणस्तरको मान्यता पाउने यो छैटौँ भ्याक्सिन हो,’ मिडिया ब्रिफिङमा तेद्रोसले भनेका छन्।

डब्लुएचओको स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट्स अन इम्युनाइजेसनले उक्त भ्याक्सिनबारे उपलब्ध तथ्यहरुको अध्ययन गर्दै १८ वर्ष र सो भन्दा माथिका मानिसहरुमा दुई चरणमा यसको प्रयोग गर्न सुझाव दिएको तेद्रोसले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell