PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

एनएसएलमा आज दुई खेल: प्ले अफ पुग्ने होड



पहिलोपोस्ट

एनएसएलमा आज दुई खेल: प्ले अफ पुग्ने होड

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफससी भिड्ने छन् भने दोस्रो खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन्। आजैको खेलबाट प्लेअफमा पुग्ने टोलीको टुंगो लाग्नेछ। यसअघि नै धनगढी एफसी र काठमाडौं रेजर्सले प्लअफमा स्थान सुरक्षित गरिसकेका छन् भने आजको खेलबाट थप दुई टोलीको टुंगो लाग्नेछ।

पहिलो खेलमा ७ अंकसहित चौथो स्थानमा रहेको विराटनगर र ६ अंकसहित पाँचौ स्थानमा रहेको ललितपुरसिटी जित निकाल्दै प्लेअफमा पुग्ने लक्ष्यका साथ मैदान उत्रने छन्। जित निकाले विराटनगरले प्लेअफमा स्थान सुरक्षित गर्नेछ भने बराबरी खेले अन्य खेलको समीकरण कुर्नुपर्नेछ। उता ललितपुरलाई भने प्लेअफमा पुग्न जित अनिवार्य चाहिएको छ। खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

त्यस्तै दोस्रो खेलमा शीर्षस्थानको धनगढी एफसी र बुटवल लुम्बिनी एफसी भिड्नेछन्। धनगढीको लक्ष्य जित निकाल्दै तालिकाको शीर्षस्थान सुरक्षित गर्ने हुनेछ भने बुटवल लुम्बिनी ५ अंक जोडेर तालिकाको छैठौ स्थानमा छ। आजको खेल जितको खण्डमा धनगढीले ८ अंक जोड्ने छ। खेलसाँझ साढे ५ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell