PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

भारतमा ४ लाख भन्दा बढी थपिए संक्रमित, मर्नेको संख्या पनि ४ हजार माथि



पहिलोपोस्ट

भारतमा ४ लाख भन्दा बढी थपिए संक्रमित, मर्नेको संख्या पनि ४ हजार माथि
Reuters

गएको २४ घन्टामा भारतमा ४ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

यस अवधिमा भारतमा ४ हजार १ सय ८७ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस अवधिमा ३ लाख १८ हजार ६ सय ९ जना ठीक भएर डिस्चार्ज भएका छन्।

चौबिस घन्टामा ४ लाख १ हजार ७८ जनामा कोभिड १९ को संक्रमण देखिएको हो। यससँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड १८ लाख ९२ हजार ६ सय ७६ पुगेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३८ हजार २ सय ७० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell