PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

जनशक्ति अभाव झेलेको कर्णाली सरकारले १ सय १२ स्वास्थ्यकर्मी नियुक्त गर्‍यो



पहिलोपोस्ट

जनशक्ति अभाव झेलेको कर्णाली सरकारले १ सय १२ स्वास्थ्यकर्मी नियुक्त गर्‍यो

सुर्खेतः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जनशक्ति अभाव झेलिरहेको कर्णालीमा स्वास्थ्यकर्मी नियुक्त गरिएको छ।

प्रदेश सरकारले विभिन्न पदमा करार सेवामा १ सय १२ जना स्वास्थ्यकर्मी नियुक्त गरेको हो। नियुक्त हुनेहरूमा स्टाफ नर्स ७६ जना, ल्याब टेक्निसियन १२ जना, हेल्थ असिस्टेन १० जना, रेडियोग्राफर ६ जना, फार्मेसी सहायक ६ जना र कविराज दुई जना गरी १ सय १२ जना स्वास्थ्यकर्मी नियुक्त गरेको हो।

कोरोना संक्रमितको उपचारमा सहजताका लागि नियुक्त गरेका विभिन्न पदका स्वास्थ्यकर्मीलाई ५ दिनभित्र तोकिएको कार्यक्षेत्रमा पुग्न निर्देशन समेत दिएको छ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बिरामीको चाप बढी र जनशक्ति कम भएको स्थानमा मागका आधारमा प्रदेशका दश वटै जिल्लामा खटाइएको छ।

‘पछिल्लो समय संक्रमण दर तीव्र गतिमा फैलिँदै जाने र स्वास्थ्यकर्मी अभाव हुने अवस्था आयो’ निर्देशनालयका निर्देशक डा. रविन खड्काले भने,‘भर्खर ना स्वास्थ्यकर्मी नियुक्त गरेर, बिरामीको चाप अनुसार जनशक्ति कम भएको जिल्लाहरूमा खटाएका छौँ।’

उनका अनुसार संक्रमण दरको चेन ब्रेक हुन सकेन र अहिलेकै वृद्धि दरमा संक्रमित बढे अझै चिकित्सक सहित थप स्वास्थ्यकर्मी नियुक्त गर्न सकिने जनाए।

कर्णालीमा अहिले पनि दरबन्दी अनुसार जनशक्ति न्यून छ। प्रदेशमा आठ सय ८७ जना स्वास्थ्यकर्मीको दरबन्दी भएपनि हाल दुई सय ९६ जना दरबन्दी मात्रै पदपूर्ति भएको छ, भने, एक सय ६३ चिकित्सक दरबन्दीमा २७ जना चिकित्सकको दरबन्दीमा पदपूर्ति छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell