PahiloPost

May 15, 2026 | १ जेठ २०८३

वर्कसप, ग्यारेजका अक्सिजन सिलिण्डर जफत गर्दै प्रहरी

वर्कसप, ग्यारेजका अक्सिजन सिलिण्डर जफत गर्दै प्रहरी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : देशभर कोरोना संक्रमितको सङ्ख्या थपिँदै जाँदा अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ।

अस्पतालमा अक्सिजन अभाव हुन नदिन सरकारले उद्योग धन्दा तथा अन्य काममा प्रयोजन भएका अक्सिजन अस्पताललाई दिन निर्देशन दिएको छ। तर केही उद्योग तथा संस्थाले अक्सिजन प्रयोग गरिरहेको अवस्था भेटिएपछि प्रहरीले जफत गर्न थालेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पनि विभिन्न वर्कसप, मोटर ग्यारेज, ग्यास वल्डिङ कम्पनीहरुबाट जफत गरेर छ। १ सय ८७ थान ग्यास सिलिण्डर विभिन्न अस्पताललाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवनबहादुर श्रेष्ठले जानकारी दिए।

पछिल्लो समय स्थानीय प्रशासनले यस्ता सिलिण्डर जफत गरेर अस्पाललाई बुझाउन प्रहरीलाई निर्देशन समेत दिइसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell