PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

हेटौँडाको राप्ती खोलामा एक प्रहरी मृत अवस्थामा भेटिए



पहिलोपोस्ट

हेटौँडाको राप्ती खोलामा एक प्रहरी मृत अवस्थामा भेटिए
प्रतिकात्मक

हेटौंडाः हेटौँडा उपमहानगरपालिका १० राप्तिखोलामा एक प्रहरी मृत अवस्थामा फेला परेका छन्।

उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा खटिएका ४७ वर्षीय प्रहरी नायव निरीक्षक केशवबहादुर खत्री मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। स्थानीयले बिहान शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

गोरक्षश्वर मन्दिर नजिकै खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell