PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

कोरोना संक्रमित ४० वर्षीय पत्रकार दिनेश दाहालको मृत्य



पहिलोपोस्ट

कोरोना संक्रमित ४० वर्षीय पत्रकार दिनेश दाहालको मृत्य

काठमाडौंः कोरोना संक्रमण भएका पत्रकार दिनेश दाहालको मृत्यु भएको छ। ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचाररत दाहालको आज बिहान मृत्यु भएको हो। वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेनमा बसेका थिए।

श्वास फेर्न समस्या भएपछि दाहाललाई वैशाख १५ गते अस्पताल भर्ना गरिएको थियो। उनी दुई दशकदेखि पत्रकारितामा संक्रिय थिए। उनी जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए। त्यसपछि सीपोस्ट न्यूज डटकमका सम्पादक र प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए। 

पत्रकार महासंघको तथ्याङक अनुसार हालसम्म ८ जना कोरोना संक्रमित ८ जना पत्रकारको मृत्यु भएको छ।  ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन्।

नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै उनको निधनमा शोक प्रकट गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell