PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

१९ सयको अक्सिमिटर ३५ सयमा बिक्री गर्दा प्रहरी फन्दामा परे रामहरि



पहिलोपोस्ट

१९ सयको अक्सिमिटर ३५ सयमा बिक्री गर्दा प्रहरी फन्दामा परे रामहरि

काठमाडौं : कोरोना संक्रमणको मौका छोपी बढी मूल्य लिएर अक्सिमिटर बेचेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज महानगरपालिका १६ बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई नियन्त्रणमा लिएको हो।

तिवारीले आफ्नै घरमा खोलेको औषधी पसलमा १९ सय पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गरेको देखिएपछि नियन्त्रणमा लिएको हो। त्यस्तै प्रहरीले उनको पसलबाट १२ वटा अक्सिमिटर समेत बरामद गरेको छ।

उनीविरुद्ध प्रहरीले कालोबजारी ऐन अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि केही मानिसले अत्यावश्यक सामाग्रीहरू कालोबजारी गर्ने गरेको पाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell