PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

ट्राफिक प्रहरीको अपरेसनमा परे यात्रु ठग्नेहरु, रुकुमको बस भाडा ६ हजार रुपैयाँ!



पहिलोपोस्ट

ट्राफिक प्रहरीको अपरेसनमा परे यात्रु ठग्नेहरु, रुकुमको बस भाडा ६ हजार रुपैयाँ!

काठमाडौं : निषेधाज्ञामा वैदेशिक रोजगारबाट आएका र अत्यावश्यक कामले उपत्यका बाहिर जाने यात्रुलाई बढी भाडा लिएर ठगी गरेको अभियोगमा प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले कलंकीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

ट्राफिक प्रहरीले सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भएका ५३ वर्षीय मनु अर्याल र उनकै छोरा ३० वर्षीय अनु अर्याललाई पक्राउ गरेको हो। त्यस्तै, नारायणी यातायात काउण्टरका टिकट बुकिङ् स्टाफ हेटौडाका ३८ वर्षीय नवराज घिमिरे, ४४ वर्षीय विपिन सुवेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ इन्चार्ज ४९ वर्षीय ज्ञानेन्द्र साह रहेका छन्।

उनीहरुले उपत्यकामा निषेधाज्ञा जारी भएपछि वैदेशिक रोजगारबाट आएका र अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जानुपर्ने यात्रुहरुसँग तोकिएको भन्दा तीन गुणा बढी भाडा लिएको महाशाखाका प्रमुख जनकराज भट्टराईले जानकारी दिए।

उनीहरुले धनुषा, महोत्तरी र वीरगंज जाने यात्रुहरु संकलन गरि प्रति ब्यक्ति पच्चिस सयदेखि तीन हजारसम्म भाडा लिने गरेका थिए।

त्यसैगरी गोंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग ६ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रालिका कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागरिराम छिनाललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell