PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोरोनामुक्त भए गण्डकीका प्रदेशसभा सदस्य खिम विक्रम शाही



पहिलोपोस्ट

कोरोनामुक्त भए गण्डकीका प्रदेशसभा सदस्य खिम विक्रम शाही

पोखरा : गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन्। सांसद शाहीको रिपोर्ट शुक्रवार नेगेटिभ आएको उनका स्वकीय सचिव मिलन हमालले जानकारी दिए।

गत बैशाख १५ मा कोरोना पुष्टि भएका हमालको शुक्रवार नवौँ दिनमा रिपोर्ट नेगेटिभ आएको हो।

मुख्यमन्त्रीविरुद्ध संसदमा पेश भएको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन १५ वैशाखमा अचानक सांसद शाही सम्पर्कविहीन भएका थिए। शाही सम्पर्कविहीन भएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा मतदान रोकिएको थियो। सम्पर्कविहिन भएका सांसद शाही त्यसैदिन चरकको आईसीयूमा भेटिएका थिए।

त्यससमय सांसद शाहीको दुई वटा कोरोना रिपोर्टले विवाद भएको थियो। तर, अस्पतालले भने सोही दिन सांसद शाहीको अवस्था गम्भीर रहेको जनाएको थियो। यद्यपि केहि दिनमै उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि होटलमा सारिएको थिए। गत १९ बैशाखमा चार दिनकै दिनमा उनी होटलमा सरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell