PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु



पहिलोपोस्ट

प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १८५, बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १/१ जनामा कोरोना संक्रमण देखिएको छ।

झापाको विर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्दिबारीमा २/२, झापा गाउँपालिका, बाह्रदशी र कमल गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ३ जनामा पनि आजै संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सुनसरीको धरानमा ४७, इटहरीमा ४२, इनरुवामा ९, बर्जुमा ८, रामधुनीमा ३, दुहवीमा र कोशी गाउँपालिकामा २/२, देवानगञ्ज, बराहक्षेत्र र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

त्यसैगरि सोलुखुम्वुको सोलु दुधकुण्डमा २३ र नेचा सल्यानमा १,  इलामको माईमा १५, इलाम नगरपालिकामा ४, रोङमा २ र देउमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर र स्थानीय तह नखुलेका १/१, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १/१, संखुवासभाको धर्मदेवी र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज १ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये २६३ महिला र ३१५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङका एक पुरुष, सुनसरीमा दुई पुरुष र तेह्रथुममा एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयको तथ्याकं रहेको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार २२३ पुगेको छ। संक्रमित भएकामध्ये ३० हजार २२६ संक्रमणमुक्त भइसकेका छन्। सक्रिय संक्रमितको संख्या ६ हजार ४५० पुगेको छ। भने हालसम्म मृत्यु हुनेको संख्या ५४७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell