PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

शीर्षस्थानको धनगढीलाई बुटवलले हरायो, प्लेअफमा पुग्ने सबै टीमको लाग्यो टुंगो



पहिलोपोस्ट

शीर्षस्थानको धनगढीलाई बुटवलले हरायो, प्लेअफमा पुग्ने सबै टीमको लाग्यो टुंगो

काठमाडौं: नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा वुटवल लुम्बिनी एफसीले शीर्षस्थानको धनगढी एफसीमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीले धनगढीमाथि संघर्षपूर्ण जित निकाल्दै प्लेअफका लागि स्थान सुरक्षित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बुटवलका लागि निर्णयक गोल सुमन लामाले गरेका थिए। उनले खेलको ८२ औं मिनेटमा गरेको गोल नै बुटवल लुम्बिनीलाई प्लेअफमा पुर्‍याउन पर्याप्त रह्यो।

आजै सम्पन्न पहिलो खेलमा विराटनगर सिटी एफसीमाथि जित निकाल्दै ललितपुर सिटीले प्ले अफमा स्थान बनाएको थियो।

योसँगै शीर्ष चारमा रहँदै धनगढी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीले प्लेअफमा स्थान बनाएका छन्। यद्यपि प्लेअफको होडबाट बाहिरिसकेको चितवनसँग काठमाडौं रेजर्सले एउटा खेल खेल्न अझै बाँकी छ। भोलिको खेलमा काठमाडौं र एफसी चितवन प्रतिस्पर्धामा उत्रने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell