काठमाडौंः कोरोना संक्रमितको उपचारका लागि काठमाडौंमा अक्सिजनको समस्या पर्न थालेको छ। अक्सिजन आपूर्तिमा समस्या भएपछि केही अस्पतालहरुले सीमित रुपमा मात्र शय्याहरु सञ्चालनमा ल्याएका छन्।
काठमाडौंका चार अस्पतालले विज्ञप्ति जारी गरेर अक्सिजन आपूर्तिमा समस्या परेकाले सीमित शय्यामात्र सञ्चालनमा ल्याइएको जनाएका छन्। मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल, दीघायू गुरु अस्पताल एण्ड रिसर्च सेन्टर, हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले विज्ञप्ति जारी गरेर अक्सिजन अभावमा सीमित शय्या सञ्चालन गरेको जनाएका हुन्।
अक्सिजनको नियमित आपुर्ति भएपछि क्षमता अनुसार सेवा सञ्चालन गरिने पनि विज्ञप्तिमा जनाइएको छ।