PahiloPost

May 15, 2026 | १ जेठ २०८३

कोरोना संक्रमणका कारण त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुखको निधन



पहिलोपोस्ट

कोरोना संक्रमणका कारण त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुखको निधन

सुर्खेत : कोरोना संक्रमण पुष्टि भएका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको छ।

उपचारका क्रममा शनिवार काठमाडौंमा उनको निधन भएको नगरपालिकाले जनाएको छ। कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी लामो समयदेखि सुगर र प्रेसरका बिरामी थिए। उनी उपचारकै लागि गत चैतमा काठमाडौं गएका थिए।

नेकपा एमालेबाट निर्वाचित मेयर बुढाकी पत्नी बद्मी क्वारी बोहोरा डोल्पाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell