PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

वीरगंजमा थप ७ जना कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

वीरगंजमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा थप ७ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका २, बाराका ३ र रौतहटका २ जना रहेका छन्। जसमध्ये १ जना महिला र ६ जना पुरुष रहेका छन्।

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ का २९ वर्षीय पुरुष र सोही नगरपालिका वडा नम्बर ९ की ४६ वर्षीया महिला गरी दुई जनाको आज मृत्यु भएको छ। उनीहरुको पर्सागढीकै आर्यघाटमा नेपाली सेनाले दाहसंस्कार गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

त्यसैगरी, बाराका ४५ र ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। बारागढी नगरपालिका वडा नम्बर २ का ५५ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा शनिवार बिहान ११:५ वजे मृत्यु भएको छ भने जितपुरसिमरा उपमहानगरपालिका-२ का अर्का ५५ वर्षीय पुरुषको गएराति १० बजे नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

त्यसैगरी, नारायणीमा बाराका ४५ वर्षीय पुरुषको उपचारको क्रममा शनिवार बिहान साढे एक वजे मृत्यु भएको छ। त्यस्तै, नारायणीमा रौतहटका दुई जना संक्रमितको पनि मृत्यु भएको छ। श्रीसियाका ५५ वर्षीय पुरुषको शनिवार पौने १२ बजे र माधवनारायण नपा-१ मैधियाका ६२ वर्षीय वृद्धको शनिवार साँझ सवा सात बजे मृत्यु भएको छ।

सात जनाकै कोभिड निमोनियाको कारण श्वासप्रश्वासमा समस्या उत्पन्न भएर मृत्यु भएको बताइएको छ। मृत्यु भएका सबैमा पीसीआर र एन्टीजीन परीक्षणबाट कोरोना पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell