PahiloPost

May 15, 2026 | १ जेठ २०८३

वीरको नयाँ भवनलाई कोभिड-१९ युनिफाइड अस्पताल बनाउने सरकारको निर्णय, देशभरका अन्‍य अस्‍पतालको नेतृत्व गर्ने



पहिलोपोस्ट

वीरको नयाँ भवनलाई कोभिड-१९ युनिफाइड अस्पताल बनाउने सरकारको निर्णय, देशभरका अन्‍य अस्‍पतालको नेतृत्व गर्ने

काठमाडौं: सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड-१९ युनिफाइड अस्पताल बनाउने निर्णय गरेको छ। शनिबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। पाँच सय शय्याको युनिफाइड अस्पताल बनाउने निर्णय सरकारले गरेको हो। 

'देशैभरका अरु अस्पतालाई पनि त्यसले म्यानेज गर्छ। सुरुवातामा ५ सय शय्याको हुनेछ। कोभिड-१९ युनिफाइड अस्पताल बनाउने निर्णय भएको छ,' ज्ञवालीले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको बैठक बोलाएका थिए।  वैशाख २७ मा  लिन लागेको विश्वासको मतबारे मन्त्रिपरिषदले केही निर्णय गर्नसक्ने बताइएको भए पनि त्यसबारे कुनै निर्णय नभएको मन्त्रीहरुले बताएका छन्। ओलीले विश्वासको मत लिनुअघि छलफललाई तीव्रता दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell