PahiloPost

May 15, 2026 | १ जेठ २०८३

लाइपजिग डर्टमण्डसँग पराजित, बायर्न च्याम्पियन



पहिलोपोस्ट

लाइपजिग डर्टमण्डसँग पराजित, बायर्न च्याम्पियन

जर्मन बुण्डेसलिगा अन्तर्गत आज सम्पन्न खेलमा आरबी लाइपजिग बोरुसिया डर्मण्डसँग पराजित भएको छ। वेस्टफलेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली डर्टमण्डले दोस्रो स्थानको लाइपजिगमाथि जित निकालेको हो। उता लाइपजिगको पराजयसँगै शीर्ष स्थानको बायर्न म्युनिखले उपाधि सुरक्षित गरेको हो।

जोडोन साञ्चोको दोहोरो गोल र मार्को रिउसको गोललमा डर्टमण्डले ३ गोल गर्‍यो भने लाइपजिगले लुकास क्लोस्टेरमन र डानी ओल्मोको गोलमा २ गोल फर्कायो।

यो सँगै बायर्नले लगातार ९ औं पटक बुण्डेसलिगाको उपाधि सुरक्षित गरेको छ। सन् २०१२/१३ यता बायर्नले लगातार बुण्डेसलिगाको उपाधि उचाल्दै आएको छ।

बायर्नले ३१ खेल खेलेर ७१ अंक जोडेको छ भने दोस्रो स्थानको लाइपजिगले ३२ खेलबाट ६४ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell