PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बार्सिलोनासँग बराबरीमा रोकिएको एट्लेटिको शीर्षस्थानमा कायमै



पहिलोपोस्ट

बार्सिलोनासँग बराबरीमा रोकिएको एट्लेटिको शीर्षस्थानमा कायमै
Photo: Laliga

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड शीर्षस्थानमा कायम रहेका छन्। क्याम्प नोउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना र एट्लेटिको मड्रिड गोलरहित बराबरीमा रोकिएका हुन्।

यो सँगै शीर्ष स्थानमा रहेको एट्लेटिकोले २ अंकको अग्रता बनाएको छ। एट्लेटिकोले ३५ खेलबाट ७७ अंक जोडेको छ भने दोस्रो स्थानको बार्सिलोनाले समान खेलबाट ७५ अंक जोडेको छ। त्यस्तै रियल मड्रिड ३४ खेलबाट ७४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। आजै रियलले चौथो स्थानमा रहेको सेभियासँग प्रतिस्पर्धा गर्दैछ। आजको खेल जितको खण्ड रियलले एट्लेटिको सँग अंक बराबरी गर्नेछ र हेड टु हेडको आधारमा शीर्षस्थानमा पुग्नेछ।

गएराति नै सम्पन्न ला लिगाका अन्य खेलहरुमा एट्लेको बिल्बाओ र ओसासुना २-२ गोलको बराबरीमा रोकिँदा अलाभेस र लेभान्टे पनि समान २-२ गोलको बराबरीमा रोकिए। त्यस्तै काडिजले हुएस्कामाथि २-१ गोलअन्तरले जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell