PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

म्यानचेस्टर सिटी घरेलु मैदानमा चेल्सीसँग पराजित



पहिलोपोस्ट

म्यानचेस्टर सिटी घरेलु मैदानमा चेल्सीसँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा प्रिमियर लिगको च्याम्पियन बन्नबाट एक जित पछि रहेको सिटी घरेलु मैदानमै चेल्सीसँग २-१ गोलअन्तरले पराजित बनेको हो।

खेलमा अग्रता सिटीले खेलको ४३ औं मिनेटमा बनाएको थियो। सर्जियो अग्युरोको पासमा रहिम स्ट्रलिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा पाएको अवसरमा अग्युरो चुके। र, पहिलो हाफमा सिटीले एक गोलले अग्रता बनायो।

दोस्रो हाफमा चेल्सीले उत्कृष्ट पुनरागमन गर्‍यो। हाकिम जिएचले ६३ औं मिनेटमा चेल्सीलाई बराबरीमा ल्याए भने मार्को अलोन्सोले अतिरिक्त समयमा गोल थप्दा चेल्सीले २-१ ले खेल आफ्नो पक्षमा पार्‍यो।

यी दुई टोली च्याम्पियन्स लिगको फाइनलमा फेरि आमनेसामने हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell