PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

एनएसएल: सन्त्वना जितको खोजीमा चितवन काठमाडौंसँग भिड्दै



पहिलोपोस्ट

एनएसएल: सन्त्वना जितको खोजीमा चितवन काठमाडौंसँग भिड्दै
विराटनगरसँग प्रतिस्पर्धा गर्दै एफसी चितवन। फाइल फोटो

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज हुने खेलमा काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा प्रतियोगितामा जितविहिन एफसी चितवनले शीर्षस्थानको होडमा रहेको काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

५ खेलबाट १० अंक जोडेको काठमाडौं सहज अवस्थामा छ। आजको खेलमा जित निकाले काठमाण्डौं शीर्ष स्थानमा रहँदै लिगचरण पुरा गर्नेछ भने ५ खेलमा २ बराबरी र ३ हार ब्यहोर्दै २ अंक जोडेको एफसी चितवन प्रतियोगितामा सान्त्वना जित निकाल्दै यो सिजन टुंग्याउन चाहन्छ।

प्लेअफका लागि चारैवटा टिमको टुंगो यसअघि नै लागिसकेको छ। यदि आजको खेलमा जित या बराबरीमात्र निकाले पनि काठमाडौं तालिकाको शीर्ष स्थानमा रहने छ भने पराजय ब्यहोरे धनगढी शीर्षस्थानमा रहने छ। त्यसबाहेक ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीले पनि प्लेअफमा स्थान बनाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell