PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा र देउवाले गरे बहिस्कार



पहिलोपोस्ट

बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा र देउवाले गरे बहिस्कार

काठमाडौं : संवैधानिक परिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटरमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए। बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने उपस्थित छैनन्।

संवैधानिक परिषद्मा अध्यक्ष प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीश र प्रमुख प्रतिपक्षी दलका नेता हुन्छन्। आजको बैठकमा रिक्त रहेका संवैधानिक आयोगका पदाधिकारीको नियुक्तबारे छलफल गर्ने छ।

लोक सेवा आयोग, अख्तियार दुरुपयोग आयोग लगायतका संबैधानिक निकायका पदाधिकारीहरु रिक्त रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell