PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

संक्रमण बढेपछि बेलायतको रेड लिस्टमा नेपाल : आफ्ना नागरिकबाहेक पछिल्लो १० दिनमा नेपाल भ्रमण गरेको विदेशीलाई प्रवेश नदिने



पहिलोपोस्ट

संक्रमण बढेपछि बेलायतको रेड लिस्टमा नेपाल : आफ्ना नागरिकबाहेक पछिल्लो १० दिनमा नेपाल भ्रमण गरेको विदेशीलाई प्रवेश नदिने
फोटो : AP

काठमाडौं : बेलायतले आगामी बुधवारदेखि नेपाललाई बेलायतको ट्राफिक लाइट सिस्टमको रेड लिस्टमा समावेश गर्ने भएको छ।

हाल अम्बर लिस्टमा रहेका नेपालसहित टर्की र मालदिभ्सलाई पनि आगामी बुधावार देखि रेड लिस्टमा राख्न लागेको हो। रेड लिस्टमा भएका देश भ्रमण गरेका कुनै पनि अन्य देशका नागरिकहरुलाई युके प्रवेशमा रोक लगाइने छ। 'रेड लिस्टमा रहेका देशहरु तथा क्षेत्रमा पछिल्लो १० दिनमा भ्रमण गर्नु भएको छ भने तपाईँ ब्रिटिस अथवा आइरिस नागरिक वा युकेमा रेसिडेन्स अधिकार भएको भएमात्र युके प्रवेश गर्न पाउनुहुने छ,' बेलायत सरकारको आधिकारिक वेबसाइटमा भनिएको छ

त्यस्तै आफ्ना देशका नागरिकहरुलाई रेड लिस्टमा रहेका देशहरुमा समय बिताउनका लागि भ्रमण नगर्नसमेत भनेको छ। उसले अतिअत्यावश्यक भएमात्र भ्रमण गर्न अनुरोध गरेको छ। त्यस्तै ती देशबाट बेलायत फर्किने नागरिकहरुलाई निर्धारण गरिएका सरकारी होटल क्वारेन्टाइनमा १० दिन अनिवार्य बस्नुपर्ने छ।

मंगलवारसम्म भने नेपालबाट जाने नेपाली तथा विदेशहीले १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने र त्यहाँ जानु २ दिन अगाडि र पुगेको ८ दिनपछि कोभिड-१९ को परीक्षण गर्नुपर्ने हुन्छ।

बेलायतले रेड लिस्टमा रहेका देशहरुमा संक्रमण दर न्यून र खोप दर उच्च नभएसम्म यात्रा प्रतिबन्ध लगाउने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell