PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बुढानीलकण्ठबाट बालुवाटार पुगेका महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग के विषयमा गर्दैछन् छलफल?



पहिलोपोस्ट

बुढानीलकण्ठबाट बालुवाटार पुगेका महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग के विषयमा गर्दैछन् छलफल?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबिच बालुवाटारमा भेटवार्ता भइरहेको छ।

जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायताका नेताहरु ओलीलाई भेटन बालुवाटार पुगेका हुन्। बालुवाटार स्रोतका अनुसार अहिले जारी बैठकमा जसपाका नेताहरुले ओलीसँग भोलि हुने संसद बैठकको रणनीतिका बारेमा छलफल गरिरहेका छन्।

'अहिले छलफल भइरहेको छ। उहाँहरुले आफ्नो धारणा राखिरहनुभएको छ,' स्रोतले भन्यो। ओलीले उनीहरुको धारणा सुनिरहेको भए पनि कुनै प्रतिक्रिया भने जनाइनसकेको स्रोतले बतायो।

आजै बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटको बारेमा ओलीलाई जसपाका नेताहरुले ब्रिफिङ गरिरहेका छन्। ओली र ओलीइतर नेताहरुको मोर्चाबन्दी भइरहेका बेला जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले ओलीलाई साथ दिने बताउँदै आएको छ भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली इतरको गठबन्धनमा सक्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell