PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हावी भयो : निर्देशक प्रताप सुब्बा



पहिलोपोस्ट

नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हावी भयो : निर्देशक प्रताप सुब्बा

काठमाडौं : फिल्म निर्माता तथा निर्देशक प्रताप सुब्बाले नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हावी रहेको बताएका छन्। नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणमा आयोजित छलफलमा सुब्बाले फिल्म श्रेत्रका आफ्ना अनुभव सुनाए।

'पहिले चलचित्रहरूबिच स्वस्थ प्रतिस्पर्धा थियो। राम्रा चलचित्र निमार्ण हुन्थे तर आजभोलि चलचित्रमा समेत अस्वस्थ प्रतिपर्धा छ। अनावश्यक राजनीतिक हस्तक्षेप हुन थालेका छन्,' उनले बताए।

पहिलेको फिल्म क्षेत्रले सीमित श्रमशक्ती र पुँजी, प्रविधिक अभावका बिचमा पनि धेरै कलाकारको विकास गर्न सफल भएको उनको। त्यस बेलामा नेपाली समाजका मौलिक फिल्म निर्माण गरिने भएपनि आजकाल फिल्म क्षेत्रमा विकृती आएको चिन्ता व्यक्त गरे।

'नेपालमा फिल्म क्षेत्रलाई समाजको ऐनाको रुपमा हेरिन्छ। तर अहिले यही क्षेत्रलाई सस्तो लोकप्रियताका लागि प्रयोग गरिनु दु:खद् विषय हो,' उनले भने।  

परालको आगो, देवता, बाच्न चाहने जस्ता फिल्महरु निर्माण तथा निर्देशन गरेका उनले आफूले सधैं पैसा कमाउनुभन्दा पनि फिल्म क्षेत्रको विकास र बिस्तारमा जोड दिएको दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell