PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

महामारीले जगाइदिएको २५ वर्ष पूरानो गीत



पहिलोपोस्ट

महामारीले जगाइदिएको २५ वर्ष पूरानो गीत

गीतको भाका सारै उदास,

कसैको मन रोए जस्तो

तुवालो झैँ जता ततै सब

आसुँले धोए जस्तो

प्रगति देवकोटाले २५ वर्षअघि लेखेको कविताको हरफ हो यो। आफूले स्कूल पढ्दा कोरेको यस गीतमा मानसिक तनाव, एक्लोपन र डर अभिव्यक्त गरेकी थिइन् उनले।  कोभिड-१९ महामारीपछि धेरैमा देखिन् उस्तै चिन्ता र भय। त्यसैले सन्दर्भ मिल्दो परिस्थितिमा थन्किएर रहेका ती शब्दहरूलाई दिइन् कलात्मक आकार। र, बन्यो गीत 'हावामा फैलियो मधुरो गीत।'

देवकोटाको शब्दमा संगीत भरे संगीतकार संजीव सिंहले। स्वर दिइन् एलिना चौहानले। गीत यसै साता भिडियोसहित युट्युब रिलिज भयो।

गीतमा महामारी काल भोगिरहेको व्यक्तिको मनोविज्ञान चित्रित छ। त्यो मनोविज्ञानलाई भिडियोमा छायाँमार्फत् प्रतीकात्मक ढङ्गमा देखाइएको छ। त्यो कालो छायाँले मूल पात्रलाई लखेटिरहेछ। जसरी कोरोना, संक्रमण,अभाव र मृत्युको भयले आम मानिसलाई लखेटिरहेछ।

भिडियोको निर्देशन कवि सुवेदी र पुजन सापकोटाले गरेका हुन्। 

गीतकार प्रगति अस्ट्रेलियामा रहेर नेपाली गीत लेखनमा सक्रिय छिन्। गत वर्ष उनको शब्द रहेको 'गाडी गुड्छ नेपाली, उकाली र ओराली' सार्वजनिक भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell