PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

विश्वासको मतमा कोरोना संक्रमित सांसदले कसरी भोट हाल्ने? कार्यव्यवस्था समितिमा हुँदै छलफल



पहिलोपोस्ट

विश्वासको मतमा कोरोना संक्रमित सांसदले कसरी भोट हाल्ने? कार्यव्यवस्था समितिमा हुँदै छलफल

काठमाडौं: प्रतिनिधिसभाको सोमवारको कार्यसूची तय गर्न कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते भोलि विशेष अधिवेशनको बैठक बस्दैछ।

बैठकको कार्यसूची बनाउन नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा कोरोना संक्रमित सांसदले विश्वासको मत हाल्न पाउने विषयमा छलफल भइरहेको छ।

संक्रमित तथा पीसीआरु नगरेका सांसदको उपस्थिति र मतदान लगायतको आवश्यक व्यवस्थापनका सम्बन्धमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ।

सचिवालयले गराएको पीसीआर परीक्षणमा प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण भएको छ।

त्यसैगरी बैठकक अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन पनि बैठकले गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell