PahiloPost

May 15, 2026 | १ जेठ २०८३

माधव नेपालसहित सांसदहरु सिंहदरवारमा, सामूहिक राजीनामाको तयारी



पहिलोपोस्ट

माधव नेपालसहित सांसदहरु सिंहदरवारमा, सामूहिक राजीनामाको तयारी

काठमाडौं: नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरु सिंहदरवारमा भेला भएका छन्।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको भोलि विश्वासको मत लिनुअघि नै नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिन लागेका हुन्। अहिलेसम्म सिंहदरवारमा १० सांसद उपस्थित भइसकेका छन्। नेता नेपाल पनि भर्खरै आइपुगेका छन्।

माधव नेपाल समूहका सांसद शिक्षा समितिको हलमा आन्तरिक छलफलमा छन्। केही बेरमा संसद सचिवालयमा राजीनामा बुझाउने तयारी छ।

अध्यक्ष ओलीसँग वार्ता सफल नभएपछि नेपाल समूह राजीनामाको निर्णयमा पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell