PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

गण्डकीमा अविश्वास प्रस्ताव : विपक्षी दलका सांसदलाई फेरि राखियो कुटी रिसोर्टमा



रिना थापा

गण्डकीमा अविश्वास प्रस्ताव : विपक्षी दलका सांसदलाई फेरि राखियो कुटी रिसोर्टमा

पोखरा : गण्डकी प्रदेशका विपक्षी दलका सांसदहरु आज मतदानको अघिल्लो रात रिसोर्टमा बस्ने भएका छन्। विपक्षी दलका सांसद आजको रात फेरि पोखरा लेकसाइडस्थित कुटी रिसोर्टमा बस्ने भएका हुन्।

यसअघि वैशाख १३ देखि १६ वैशाखसम्म सोही रिसोर्टमा अविश्वास ल्याएका काँग्रेस र माओवादी सांसद बसेका थिए। सांसदबिच छलफलका लागि आफूहरु रिसोर्टमा बसेको एक माओवादी सांसदले पहिलोपोष्टलाई बताए। मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव माथि भोलि मतदान हुँदैछ।

यसअघि १५ वैशाखमै मतदान हुने कार्यसूची थियो। तर तटस्थ रहेको जनमोर्चाका सांसद खिमविक्रम शाही मतदानकै दिन सम्पर्कविहीन भएपछि संसद स्थगित भएको थियो।

बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा २७ गते ११ बजे बैठक बोलाउने सहमति जुटेको थियो। भोलि अविश्वास प्रस्ताव पारित भए कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell